समाज


पृथ्वी जयन्ती आयाेजक समितिमा मनीषा कोइराला

पृथ्वी जयन्ती आयाेजक समितिमा मनीषा कोइराला

नेपालखबर
पुस २०, २०७७ सोमबार १२:४०,

अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन सार्वजनिक अपिल गरेकी छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले पुस २१ गते होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन र पुस २७ गते सिंहदरबार अगाडि सार्वजनिक कार्यक्रम राखिएको जानकारी दिँदै कार्यक्रम मनाउन अपिल गरेकी हुन्।

कोइरालाले कार्यक्रमका लागि सञ्चारकर्मीलाई सम्बोधन गरिएको पत्रसमेत सार्वजनिक गरेकी छन्, जसमा कोइरालासँगै रमेश खरेल र भरत बस्नेतको हस्ताक्षर छ।

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको तर्फबाट अभिनेत्री मनीषाले सो अपील गरेकी हुन्।

पछिल्ला वर्षहरुमा नेपाली कांग्रेसले पृथ्वी जयन्ती मनाउन छोडेपनि कांग्रेसको लिगेसी रहेको कोइराला परिवारकी सदस्य मनीषाले भने पृथ्वी जयन्ती मनाउन आग्रह गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad