प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड–नेपाल पक्षलाई पार्टीमा गरेको दाबी नपुगेको भन्ने भनाइ दोहोर्याएका छन्।
उनको सो दाबी आयोगले झुटो भनेको भनी समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमहरुलाई पनि उनले ‘कठै सञ्चारमाध्यम’ भनी टिप्पणी गरेका छन्, ‘कोहि नेता हामी हौं नेकपा भन्दै निर्वाचन आयोग पुगेछन्, आयोगले दाबी नै पुगेन भन्यो, त्यहि कुरा मैले भन्दा केपी ओलीले झुट बोल्यो भनेर प्रायोजित सञ्चारमाध्यम कराए, कठैबरि ती सञ्चारमाध्यम।’
आयोगले नेकपाका दुवै पक्षलाई लेखेको पत्रको सन्दर्भ लिँदै उनले भने सञ्चारमाध्यमले भने कस्सम नै खाएर आफूविरुद्ध विरोधमा लागेको बताए
‘पत्राकारिता त देश, विकास, सत्यताका लागि हुनुपर्ने, केहि सञ्चारमाध्यमहरुले किन कस्सम खाएको हो, किन आत्तिएको हो? किन आत्तिन पर्यो? यो देश टुक्रिन दिँदैनौं भन्दा तिनलाई किन पिर परेको,’ आफूनिकट विद्यार्थीहरुको भेलालाई आइतबार सम्बोधन गर्दै उनले भने।
नेपालको भूमि फिर्ता लिएको यसको जस, विकासको जस आफूलाई दिन पनि कञ्जुस्याइ गरेको उनको भनाइ थियो।
प्रतिक्रिया