ad ad

राजनीति


सञ्चार माध्यमलाई मन्त्री गुरुङकाे आग्रह : समाजलाई निराशा र अराजकतातर्फ जान नदिन भूमिका खेल्नुहाेस्

सञ्चार माध्यमलाई मन्त्री गुरुङकाे आग्रह : समाजलाई निराशा र अराजकतातर्फ जान नदिन भूमिका खेल्नुहाेस्

नेपालखबर
पुस १९, २०७७ आइतबार ११:४,

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यमहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रहसमेत गरे।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पदाधिकारीसँग आइतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्वन्द्व र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए।

मन्त्री गुरुङले भने, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन, द्वन्द्व होइन, अराजकता होइन, नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नु पर्दछ।’

समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यवसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाई छ। मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।

भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौति नगर्न, सरकारी सञ्चार माध्यामको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्ने लगायतका ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापन पत्र बुुझाएको थियो।

सो ज्ञापन पत्र बुुझ्दै उनले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने बताए। कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियर्स कम्युनिटी नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .