राजनीति


राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही छ : गृहमन्त्री थापा

राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही छ : गृहमन्त्री थापा

नेपालखबर
पुस १८, २०७७ शनिबार ९:३१,

ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं गृमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही भएको बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलामा मन्त्री थापाले संसदको पुनः स्थापना नहुने भन्दै नयाँ संसदको स्थापना हुने बताए।

उनले नेकपाकालाई विभाजन गरेर नेपालमा राजनीतिक अस्थिरता फैलाउन प्रतिक्रियावादी सफल भएको उनले बताए।

उनले प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए।

‘राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही छ’, उनले भने, ‘पुरानो संसद होइन्, नयाँ संसद स्थापना आजको सही मार्गचित्र हो।’

नेता थापाले केन्द्रबाट कारबाही गरेर, पार्टीबाट निष्कासन गरेर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृत्तिलाई किनारा लगाउन नसकिने भन्दै त्यसका लागि पनि जनतामा जानुपर्ने बताए। ‘केन्द्रमा कारबाही गरेर, पार्टीबाट निष्काशित गरेर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न सकिँदैन’, उनले भने, ‘जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृतिलाई किनारा लगाउन सकिन्छ।’

उनले पछिल्लो पार्टीभित्रको अन्तर्संघर्ष राजनीतिक नभए पदीय भागबण्डा आधारित रहेको बताए।‘पछिल्ले अन्तरसंघर्ष को प्रधानमन्त्री हुने? को राष्ट्रपति हुने? को अध्यक्ष हुने? को मन्त्री र राजदूत हुने भन्नेमा केन्द्रित छ, कुनै वैचारिक बहसमा होइन’, उनले भने।

उनले प्रधानमन्त्रीको कदम संवैधानिक भन्दा पनि राजनीतिक भएको दावी गरे। उनले प्रतिक्रान्ति र कूलाई रोक्नका लागि प्रधानमन्त्रीले जोखिम मोलेर राजनीतिक कदम उठाएको र अदालतले पनि त्यसलाई सदर गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad