राजनीति


प्रचण्ड–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा, माघ २३ गते राजधानीमा विरोध सभा गर्ने

प्रचण्ड–नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा, माघ  २३ गते राजधानीमा विरोध सभा गर्ने

नेपालखबर
पुस १८, २०७७ शनिबार ९:५०,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले दोस्रो चरणका आान्दोलनका कार्यक्रम घोषणा गरेको हो।

नेकपाले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।

जसमा वडासम्म संघर्ष समिति निर्माण गर्ने देखि राजधानीमा वृहत सभा गर्नसम्मका कार्यक्रम रहेका छन्।

जसअन्तर्गत पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बनधी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म सबै प्रदेश, जिल्ला, पालिका र वडामा संघर्ष समिति बनाउने लगायतका एक महिना बढीका कार्यक्रम सार्वजनिक भएका हुन्।

माघ २३ गते राजधानीमा बहत् विरोध सभा गर्ने नेकपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad