सहरी विकासमन्त्री प्रभु साहको गाडीले सवार गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको छ।
मन्त्री साह सावार १ झ ३८४२ नम्बरको जिपले शनिबार सर्लाहीको हरिवनमा लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो।
उनी सडकमा पैदल हिँडिरहेका बेला मन्त्री साहको गाडीले ठक्कर दिएर भागेकोहो।
मन्त्रीको गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे।
‘मन्त्रीज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यस बारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ।’
सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे। उनले यसबारे माथि जाहेर गरिसेको बताउँदै घाइतेको उपचार भइरहेको जानकारी दिए।
‘मन्त्रीज्यू चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको रहेछ, यसबारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने।

प्रतिक्रिया