नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने कुरा सत्य भएको दाबी गरेकी छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वएमाले खेमाकै नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीले काम गर्न सकिनँ भनेर जाने थलो संसद् नै विघटन गरेको बताएकी हुन्।
‘भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो। हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो। काम गर्न सकिनँ भनेर जाने संसदमा हो,’ नेतृ झाँक्रीले लेखेकी छन्, ‘संसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन। यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।’

प्रतिक्रिया