राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १४:४०,

संसद विघटनको कदम विरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले भोलि (शनिबार) दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भएको छ।

भोलि बिहान ११ बजे संघर्ष समितिको सचिवालयको बैठक बस्ने र त्यसले दोस्रो चरणको संघर्ष कार्यक्रम तय गर्ने एक नेताले जानकारी दिए।

संघर्ष समितिको सचिवालयमा स्थायी समितिका सबै सदस्य छन्। यस्तै वागमती प्रदेशका पदाधिकारी, जबस मोर्चाका संयोजक र सहसंयोजक रहेका छन्। संघर्ष समितिका प्रवक्तामा स्थायी समिति सदस्य योगेश भट्टराई छन्।

‘भोलि बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदैछ’, ती नेताले भने, पहिलो चरणको कार्यक्रमको प्रभावकारीता भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गरिन लागेको हो।’

स्रोतका अनुसार दोस्रो चरणका संघर्षका कार्यक्रम जिल्लादेखि प्रदेश केन्द्रित बनाइँदैछ। यसअघि पुस १४ गते सो समितिले काठमाडौं सहित देशभरका जिल्लामा प्रदर्शन र विरोधसभा गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएर प्रचण्ड–नेपाल समूह आन्दोलनमा छन्।

उनीहरुले प्रतिगमनकारी निर्णय नसच्चिएसम्म सडक आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad