राजनीति


पार्टी एकताको अभियान संगठित रुपमै अगाडि बढाउँछु : गौतम

पार्टी एकताको अभियान संगठित रुपमै अगाडि बढाउँछु : गौतम

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १४:५९,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन्।

राष्ट्रिय सभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाई छ। उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने बताए।

उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad