विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी पहिलो चरणको छनोटबाट बाहिरिएका छन्।
बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्ये पहिलो चरणमा १४ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। दोस्रो चरणका लागि कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले ४४ खेलाडी छनोट गरेका हुन्।
झन्डै ३ साता चलेको प्रशिक्षणबाट पहिलो पटक राष्टिय टोलीमा परेका अधिकांश खेलाडी बाहिरिएका हुन्। पहिलो चरणमा बाहिरिने खेलाडीमा फरवर्ड विमल राना, दीपेश आले मगर, राजेश परियार, प्रेजेन तामाङ, रेजिन सुब्बा र राजीव लोप्चन, गोलरक्षक देव लिम्बु, डिफेन्डरहरु रन्दिप पौडेल, अमित तामाङ, मिडफिल्डरहरु जय गुरुङ, नितिन थापा, रजत तिवारी छन्।
डिफेन्डर सुमन अर्याल घाइते भएकाले टोलीबाट बाहिर रहेका छन्। उनको चोट ठिक भएपछि टोलीमा फिर्ता बोलाइने एन्फाले जनाएको छ।
प्रशिक्षणको पहिलो सातामै घाईते भएका विमल घर्र्तीमगरको चोट गम्भीर रहेकाले उनको र शल्यक्रियाका लागि कतार जाने प्रक्रिया अघि सारिएको छ।

प्रतिक्रिया