राजनीति


यमनमा नयाँ प्रधानमन्त्री चढेको विमानलाई लक्ष्य गरी भयानक विस्फोट, २२ जनाको मृत्यु (भिडियो)

यमनमा नयाँ प्रधानमन्त्री चढेको विमानलाई लक्ष्य गरी भयानक विस्फोट, २२ जनाको मृत्यु (भिडियो)

नेपालखबर
पुस १६, २०७७ बिहिबार ३:२,

यमनमा प्रधानमन्त्रीसहित नयाँ सरकारका मन्त्रीलाई लक्ष्य गरी गराइएको भयानक बम विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।

त्यहाँका सुरक्षा अधिकारीका अनुसार नयाँ मन्त्रिमण्डलका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा अवतरण हुनासाथ भयंकर विस्फोट गराइएको हो।

बुधबार भएकाे विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु तथा ५० जनाभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ।

विस्फाेटमा धेरैजसाे सहायक कर्मचारी र अधिकारीकाे मृत्यु भएकाे छ। तर आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सकुशल रहेको यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले बताएका छन्।

नयाँ मन्त्रीहरूको स्वागतका लागि धेरै मानिस विमानस्थलमा भेला भएका बेला विस्फाेट गराइएकाे हाे। विस्फाेट हुनासाथ मानिसको भागाभाग भएको थियो।

विस्फाेटकाे केही समयपछि गोली चलेका आवाज पनि सुनिएको थियो। कसले र किन विस्फाेट गरायाे भन्ने खुलेकाे छैन। 

यमनमा सन् २०१५ देखि गृहयुद्ध भइरहेकाे छ। जसमा परी अहिलेसम्म १ लाख १० हजारभन्दा बढी नागरिककाे मृत्यु भइसकेकाे छ।

हेर्नुहोस्, भिडियो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad