राजनीति


वैशाखपछि ओली प्रधानमन्त्री पनि रहँदैनन्, राजनीतिबाटै पत्तासाफ हुन्छन् : प्रचण्ड (भिडियाे)

वैशाखपछि ओली प्रधानमन्त्री पनि रहँदैनन्, राजनीतिबाटै पत्तासाफ हुन्छन् : प्रचण्ड (भिडियाे)

नेपालखबर
पुस १४, २०७७ मंगलबार १०:५२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि प्रधानमनत्री केपी शर्मा ओलीको राजनीति पत्तासाफ हुने बताएका छन्।

मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि घोषणा नगरेको बताए।

उनले पार्टीमा बहुमत रहेकै अवस्थामा संसद विघटन गरेर चुनाव गराउन खोज्नेको राजनीति पत्तासाफ हुने उनले बताए।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट विभाजन भएका बेला मध्यावधि भयो भने बहुमत ल्याउँछौँ कि भन्ने सपना नदेख्न कांग्रेसलाई आग्रह गरे। उनले यो चुनाव गर्नका लागि घोषण नभएको दावी गरे।

‘कतिपयलाई अहिले कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्दियो भने हामीले चुनाव जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’, उनले भने, ‘म ती साथीहरुलाई त्यो दुस्वप्न भएको भन्दै त्यस्तै सपना नदेख्न आग्रह गर्दछु, यो हुलेवाला चुनावको घोषणा भएकै होइन।’

उनले यस्तो तथ्य बुझ्दा बुझ्दै पनि भ्रममा परियो भने नेपाल बर्बाद हुने बताए। उनले चुनाव हुन्छ भन्ने कुरामा स्वयम् प्रधानमन्त्री ओलीलाई नै नभएको उनले बताए। उनले प्रधानमन्त्री योजना चुनाव नगरी जबर्जस्ती लैजाने रहेको बताए।

‘म हामी जित्छौँ भन्ने लोभ लागेका साथीहरुलाई भ्रममा नपर्न अनुरोध गर्दछु’, उनले भने, ‘हुँदाखादाको बहुमत छाडेर यस्तो दुर्घटना गराउनेले चुनाव गराउँछन्? केपी ओली गोटी भएका हुन्। उनी वैशाखउता प्रधानमन्त्री पनि हुँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तीनको पत्तासाफ हुलेवाला छ।’

अध्यक्ष प्रचण्डले श्री ३ महाराज हुने सपना नदैख्न प्रधानमन्त्री ओलीलाई चुनौती दिए।

अध्यक्ष प्रचण्डले वैशाखमा चुनाव नहुने र मंसिरमा भए पनि त्यसले गलत नजिर बसाल्ने बताए। उनले अर्को प्रधानमनत्रीले पनि संसद विघटन गर्न सक्नेतर्फ सचेत पनि गराए।

‘वैशाखमा निर्वाचन हुँदैहुँदैन, अर्को मंसिरमा भयो रे भने पनि गलत नजिर त बस्यो नि’, उनले भने, ‘अर्को प्रधानमन्त्रीले पनि संसद विघटन गर्यो भने के हुन्छ?’

उनले प्रधानमन्त्री ओलीलाई यो गलत कदम सच्याउन आग्रह समेत गरे। उनले अन्य वामपन्थी दललाई पनि संविधानका लागि मिलेर अगाडि बढ्न आग्रह गरे। उनले केही महिना आन्दोलन भए प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति सच्चने दावी गरे।

‘धेरै पनि पर्दैन, एकाध महिना आन्दोलनलाई अगाडि बढायौं भने प्रतिक्रान्ति सच्चिन्छ’, उनले भने।

उनले प्रधानमन्त्रीको गलत कदम सच्याउने जनताले नै भएको बताए। अदालतप्रति आफूहरुको आशा रहे पनि अन्तिम भरोसा भनेको जनता नै भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad