टेलिफोन वार्तामा सीले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले रुस र चीनविरुद्ध जस्तो नीति लिएपनि रुस र चीनको सम्बन्ध नटुट्ने बताए।
सोमबार रातिको वार्तामा पुटिनले पनि तेस्रो पक्षका कारण चीनसँगको रुसी सम्बन्ध नफुट्ने प्रतिवद्धता व्यक्त गरे।
सीलाई उदृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ,‘अन्तर्राष्ट्रिय स्थितीमा आएको बदलाव अथवा कुनैपनि हस्तक्षेप वा अन्य पक्षले चीन र रुसबीचको रणनीतिक सहयोग तथा सुदृढीकरण दबाउन र विभाजन गर्न सक्दैन। यस्ता कुनै पनि प्रयासको हामी प्रभावकारी रुपमा प्रतिरोध गर्न सक्छौं।’
चीन र रुस अहिलेसम्मकै नजिक आएको पनि सीको भनाइ छ। एजेन्सी
90
Shares

प्रतिक्रिया