समाज


एक करोड ३६ लाखको चेक बाउन्स गरेको आरोपमा एक व्यक्ति पक्राउ

एक करोड ३६ लाखको चेक बाउन्स गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
पुस १४, २०७७ मंगलबार १०:५७,

खाली चेक दिएर एक करोड ३६ लाख १० हजार दुई सय ८८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठ रहेका छन्।

पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोज कुमार थपलियाको जाहेरीका अधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

श्रेष्ठले सितापाइला सडक खण्डमा अस्फाल्ट पाभिङ वर्कस कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको चेक दिई फरार रहेका थिए।
पक्राउ परेका श्रेष्ठउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad