ad ad

राजनीति


साउदी अरबकी चर्चित महिला अधिकारकर्मीलाई ५ वर्ष ८ महिना जेल

साउदी अरबकी चर्चित महिला अधिकारकर्मीलाई ५ वर्ष ८ महिना जेल

नेपालखबर
पुस १३, २०७७ सोमबार २३:९,

साउदी अरबकी एक चर्चित महिला अधिकारकर्मीलाई ५ वर्ष ८ महिना सजाय तोकिएको छ।

आतंकवादी गतिविधिमा संलग्न आरोपमा अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार जेल सजाय सुनाएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३१ वर्षीया उनले आतंकवाविरुद्ध कानुन उल्लंघन गरेको अभियोग सरकारले लगाएको हो।

उनी साउदी अरबमा महिलाले गाडी चलाउन पाउनुपर्छ भन्ने आवाज उठाउने महिला अधिकारर्कीमध्ये एक हुन्।

बीबीसीका अनुसार साउदीमा महिलाले गाडी चलाउने अधिकार पाएको केही हप्ता पहिले सन् २०१८ मै प्रहरीले हथलौललाई नियन्त्रणमा लिएको थियो।

त्यसबेलादेखि बन्दी जीवन बिताइरहेकी उनलाई सोमबार अदालतले आतंकवादी कानुन उल्लंघन गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .