रुसको वायु सेनाले पाँचौ पुस्ताको एसयू–५७ लडाकु विमान प्राप्त गरेको छ। हाललाई १० वटा विमान सेवामा प्रवेश गरेको बताइएको छ।
सन् २००२ देखि निर्माण प्रक्रियामा रहेको सो विमानको प्रतीक्षा लामो समयसम्म चलेको थियो। पटकपटकको सुस्ती र प्राविधिक कमजोरीका कारण सो विमान सेवा प्रवेश गर्न ढिलाइ हुँदै आएको थियो।
आगामी केही दशक रुसी सेनाको मेरुदण्डको रुपमा काम गर्ने अपेक्षा गरिएको विमान सस्तो, अत्याधुनिक र टिकाउ भएको दाबी गरिएको छ। प्रतिविमान ४ करोड डलर मात्र खर्च भएको यो विमानले चीनको जे–२० र अमेरिकाको एफ–२२ लाई टक्कर दिनेछ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भएको यो विमानले ड्रोन समेत परिचालन गर्न सक्नेछ।
आवाजको गतिभन्दा १० गुणा छिटो उड्ने यो विमानले आणविक र गैरआणविक दुवै किसिमका हतियार बोक्न सक्छ।
रुसी सेनाले कम्तीमा ७६ वटा यस्तो विमान सेवामा लगाउने बताइएको छ। एजेन्सी

प्रतिक्रिया