समाज


सरकारले प्रतिवद्धता पुरा नगरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

सरकारले प्रतिवद्धता पुरा नगरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

नेपालखबर
पुस १२, २०७७ आइतबार ९:३१,

कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।

कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खट्ने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन्।

स्वास्थ्यकर्मीहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन्। अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरु उठाउँदा पनि बेवास्ता गरिएको बताए। विश्वभर कोभिड–१९ को नयाँनयाँ रुप देखिँदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेअखाएको डा. लोचनले बताए।

स्वास्थ्यकर्मीहरुले आईसयू, भेन्टीलेटर लगायतका उपकरणहरुको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परीक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उपलब्ध गराईने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरीकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन, आइशोलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने लगायतका माग राखेका छन्।

आफूहरुको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad