खेल


नवनियुक्त खेलकुदमन्त्रीको पहिलो निर्णय : खेलाडीलाई रोकिएको भत्ता दिन समिति गठन

नवनियुक्त खेलकुदमन्त्रीको पहिलो निर्णय : खेलाडीलाई रोकिएको भत्ता दिन समिति गठन

नेपालखबर
पुस १२, २०७७ आइतबार ९:५५,

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले आज आइतबार पदभार ग्रहण गरेका छन्। मन्त्री लामाले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन्।

मन्त्री लामालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिप रमेश कुमार शिलवाल लगायतले स्वागत गरेका थिए।

गत पुष १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरका क्रममा तत्कालिन खेलकुदमन्त्री जगत सुनार विश्वकर्मालाई हटाएर लामालाई जिम्मेवारी दिएका थिए।

कास्कीबाट प्रत्यक्ष चुनाव जितेका विश्वकर्माले २०७४ चैत्र २ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

नवनियुक्त मन्त्री लामा २०६४ सालको संविधानसभा सदस्य थिए।

पदभार ग्रहणसँगै मन्त्री लामाले पदकधारी खेलाडीले मासिक रुपमा पाउँदै आएको भत्ता दिनका लागि ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्। कार्यदललाई १५ दिनको समयसीमा दिइएको छ।

नयाँ खेलकुद ऐन आएपछि पदकधारी खेलाडीले मासिक पाउँदै आएको भत्ता रोकिएको थियो। यसका लागि मस्यौदा बनाउनका लागि मन्त्रालयका सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जनाकारी दिए। कार्यदलमा समितिमा लेखा, खेल प्रवद्र्धन शाखा, राष्ट्रिय खेलकुद परिषद् आर्थिक प्रसासन, प्रदेश परिषद्का प्रतिनिधिहरु सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad