राजनीति


पदभार ग्रहण गर्दै सहरी विकासमन्त्री प्रभु साहले भनेः अहिले सरकारको पहिलो प्राथमिकता निर्वाचन हो

पदभार ग्रहण गर्दै सहरी विकासमन्त्री प्रभु साहले भनेः अहिले सरकारको पहिलो प्राथमिकता निर्वाचन हो

नेपालखबर
पुस १२, २०७७ आइतबार ६:३१,

नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले सोहीअनुसार काम गर्ने बताएका हुन्।

त्यस्तै साहले चालू आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी दोस्रो प्राथमिकता रहेको बताए।

उनले भने, ‘भइरहेका कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउने र निर्धारित निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नु अहिलेको मुख्य दायित्व हो।’

यसबाहेक कतिपय ठाउँमा कोरोना महामारी जटिल बनेकाले सरकारले त्यसलाई पनि ध्यान दिने उल्लेख गरे।

सहरी विकास मन्त्रालय विकाससँग जोडिएकाले विकासलाई प्रभावकारी बनाउने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad