राजनीति


नेकपाका दुई पक्षले कञ्चनपुर पार्टी कार्यालय कब्जा गर्न खोज्दा भिडन्त (भिडियो)

नेकपाका दुई पक्षले कञ्चनपुर पार्टी कार्यालय कब्जा गर्न खोज्दा भिडन्त (भिडियो)

नेपालखबर
पुस १२, २०७७ आइतबार ६:२३,

नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा अहिले कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ।

दुई पक्षबीच भिडन्तको अवस्था भएपछि अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता र केपी ओली पक्षका नेता कार्यकर्ताबीच सो ठाउँमा विवाद तथा घम्साघम्सी भइरहेको छ।

नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए।

पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडपको अवस्था भएको हो।

कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन्।

Kanchanpur Nekapa office kabja 1कार्यालयमा ताला लगाउँदै ओली पक्षका विद्यार्थी नेता।

भिडियोः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad