वरिष्ठ वामपन्थी नेता शशि शेरचन (स्वनाम साथी)को निधन भएको छ।
स्वनामको शुक्रबार साँझ काठमाडौंको मोडल अस्पतालमा निधन भएको प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलले जानकारी दिए।
केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार गराइरहेका थिए। लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो समय निमोनियासँगै कोरोना संक्रमण पनि भएको थियो। उपचारका क्रममा उनी संक्रमणमुक्त भएका थिए।
वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए।
म्याग्दीमा जन्मेका उनी २०२५ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।
3
Shares

प्रतिक्रिया