नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पूर्वसभामुख एवं नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छिन्।
शुक्रबार दिउँसो राजदूत यान्छीले निवासमै पुगेर पूर्वसभामुख महरासँग भेट गरेकी हुन्। भेटमा उनले नेकपा पार्टी विभाजनको विषयमा चासो राखेको महराका पारिवारिक स्रोतले जनाएको छ।
महरासँग यान्छीले फेरि पार्टी एकताको संभावना छ कि छैन भनेर समेत जिज्ञासा राखेकी थिइन।
‘आज दिउँसो ३ बजे महामहिम राजदूत होउ यान्छीले महरासँग एक घण्टा भेटवार्ता गर्नुभयो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँले नेकपाको पार्टी विभाजनको विषयमा चासो राख्नुभयो, फेरि एकताको संभावनाबारे समेत जिज्ञासा राख्नुभयो।’
जवाफमा महराले पार्टी विभाजन रोक्न अन्तिमसम्म गरेको प्रयास सफल नभएको बताएका थिए।
राजदूत यान्छीले यसअघि आजै नेकपा अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन्।
याे पनि : नेकपाको अध्यक्ष बनेपछि माधव नेपाललाई भेट्न पुगिन् चिनियाँ राजदूत यान्छी
Shares
प्रतिक्रिया