ad ad

राजनीति


प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा मात्रै होइन, जनतामा पनि गएको छ : प्रचण्ड

प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा मात्रै होइन, जनतामा पनि गएको छ : प्रचण्ड

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:३५,

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा मात्रै नभई जनतामा पनि गएको बताएका छन्।

शुक्रबार बबरमहलमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रतिथनिधि सभा विघटनको मुद्दा सडकमा पनि पुगेको बताए।

‘यो मुद्दा खाली अदालतमा मात्रै गएको छैन, जनताको तहमा पनि गएको छ’, प्रचण्डले भने, ‘लामो संघर्ष, बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्ने काम जनताको जिम्मेवारीमा पनि गएको छ, सडकमा पनि पुगेको छ।’

उनले सदनमा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलहरुले आ–आफ्नो तरिकाले संघर्षका कार्यक्रमहरु घोषणा गरिसकेको बताए।

अध्यक्ष प्रचण्डले आफूलाई अदालतप्रति भरोसा भएको बताउँदै अदालतले यो निर्णयलाई अलोकतान्त्रिक भएको फैसला गर्ने विश्वास समेत गरे।

‘हाम्रो अदालतप्रति भरोसा छ, अदालतले संविधान मर्म र भावनाअनुसार, देशका आम जनताको चाहनाअनुसार र अहिले सबै राजनीतिक नागरिक समाज, बुद्धिजीवी, पत्रकार र जनताको भावनाना अनुसार प्रतिनिधि सभा विघटको यो निर्णय असंवैधानिक छ, अलोकतान्त्रिक छ भन्ने फैसला गर्ने विश्वास हामीले लिएका छौँ’, उनले भने।

उनले विगतको अनुभवका आधारमा आफूले यस्तो विश्वास गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .