ad ad

अटो


फक्सवागनको ‘बेस्ट कार एट बेस्ट डिल’ जाडो योजनाः साढे २२ हजारमै पोलो चढ्ने अवसर

फक्सवागनको ‘बेस्ट कार एट बेस्ट डिल’ जाडो योजनाः साढे २२ हजारमै पोलो चढ्ने अवसर

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:४१,

चर्चित सवारीसाधन कम्पनी फक्सवागनले ‘बेस्ट कार एट बेस्ट डिल’ नामक जाडो योजना ल्याएको छ।

नेपालको लागि अधिकृत बिक्रेता पूजा इन्टरनेशनल प्रालिले जाडोसँगै क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई समेत लक्षित गरी उक्त योजना ल्याएको हो।

यो योजनाअनुसार क्रेताले महिनाको २२ हजार ५ सय रुपैयाँमात्रै किस्ता रकम तिरेर पोलो किन्न सक्नेछन्। ग्राहकलाई गाडी खरिदमा सहजता प्रदान गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ।

चाडपर्वमा कार किन्ने योजनालाई कम्पनीले लक्ष्य गरी यो स्किम (योजना) ल्याएको हो। पूजा इन्टरनेशनलका बजार प्रबन्धक विराज श्रेष्ठले कार किन्न उत्सुक ग्राहकलाई नयाँ वर्ष र क्रिसमसको अवसर पारेर योजना ल्याएको बताए।

के के छन् फाइदा?
२२ हजार ५ सय रुपैयाँ ईएमआईमै ग्राहकले पोलो किन्न सक्ने सुविधा यो योजनामा छ। त्यस्तै नगद छुट, आर्थिक वर्षको सडक कर, चार वर्षका लागि निःशुल्क सर्भिस, असीमित किमिको वारेन्टी, सहज फाइनान्स, फ्रि एसेसरिज, एक्सचेन्ज बोनस र लोयल्टी बोनस यो योजनाका विशेषता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .