ad ad

कारोबार


एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:३२,

कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गएका गएका छन्।

दुवै संस्थाबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ। मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन्।

गत श्रावण ३२ गते दुई संस्था बिच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भई आज (शुक्रबार) गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौता भएको हो। उक्त सम्झौतामा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन्।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन्। मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .