राजनीति


प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९० को हस्ताक्षर, यस्तो छ विवरण

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९० को हस्ताक्षर, यस्तो छ विवरण

नेपालखबर
पुस ८, २०७७ बुधबार १०:२६,

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले आफ्नो पक्षमा रहेको पार्टीका २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा पेस गरेको छ।

हिजो मंगलबार बबरमहल कार्की ब्यांक्वेटमा केन्द्रीय समितिको बैठक राखेको सो पक्षले आफूहरुसँग ३१५ को साथ रहेको जनाएको थियो।

आज बुधबार निर्वाचन आयोगमा पेस गरेको विवरणमा २८७ जना सशरिर उपस्थित भई हस्ताक्षर गरेको र तीन जना उपस्थित हुन संभव नभई समर्थनका लागि पठाएको चिठी समावेश गरिएको छ।

‘२९० जनाको हस्ताक्षर आज आयोगमा बुझायौं, तीन जना उपस्थित हुन संभव नभएर उहाँहरुको चिठी नै आयोगमा बुझाएका छौं,’ नेकपाका नेता राजेन्द्र पाण्डेले नेपालखबरसँग भने।

बुधबार सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान र श्रीराम ढकाल आवश्यक कागजपत्रसहित आयोग पुगेका थिए।

राजेन्द्र पाण्डेका अनुसार उनीहरुको दर्ता नम्बर ५५५ हो।

‘आयोगका अधिकारीहरुले कागजात अध्ययन गरेर फेरि बोलाउँछौं भन्नुभएको छ,’ उनले भने।

उनका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी थपिएको थियो।

त्यसयता तीनजना केन्द्रीय सदस्यको मृत्यु भएको छ।

त्यसैगरी तीन जनाले राजनीतिक नियुक्ति र पाँच जनाले संवैधानिक नियुक्ति पाएका छन्। त्यस्ता नियुक्ति पाएपछि उनीहरु केन्द्रीय सदस्यको रुपमा सक्रिय रहँदैनन्।

‘अहिले मौजुदा केन्द्रीय सदस्यको संख्या ४३४ हो, त्यसमध्ये २९० को हस्ताक्षर बुझाएका छौं,’ पाण्डेले भने, ‘अरु साथीहरु पनि जोडिन चाहनुभएको छ, अहिलेको स्थिति हेर्दा तीन सय कट्छ।’

हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा गरेको बैठकमा एक सय १३ जना उपस्थित भएको विवरण पाएको पनि उनले बताए।

यो पनि:
आफू वैधानिक नेकपा भएको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले के–के बुझायो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad