कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्रलोभनमा पारी सात लाख रुपैयाँसम्म लिएर परीक्षा दिने एक प्रशिक्षक पक्राउ परेका छन्।
काठमाडौंको बागबजारमा रहेको सेन्सेगे कन्सल्ट्यान्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तममान लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–१९ स्थायी घर भएका लिम्वुलगायतले विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिने र उत्तिर्ण हुनेबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म लिई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
विशेष सूचनाका आधारमा लिम्वुलाई मंगलबार कालोपुलबाट पक्राउ गरिएकाे हाे। उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
135
Shares

प्रतिक्रिया