प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाहीको प्रस्ताव तयार गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बस्न लागेको छ।
अहिले केही बेरमा कार्की पार्टी प्यालेस बबरमहलमा बस्ने बैठकले ओलीमाथि कारबाहीको प्रस्ताव तयार गर्नै एक नेताले बताए।
‘ओलीमाथि कारबाहीको तयार पार्न स्थायी समिति बैठक बस्दै छ’, ती नेताले नेपालखबरसँग भने, ‘बैठकले तयार पारेको प्रस्ताव केन्द्रीय समितिमा लगिने छ र केन्द्रीय समितिले ओलीमाथि कारबाही गर्छ।’
आइतबार बसेको नेकपा स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेकोृ थियो। सोही निर्णय बमोजिम कारबाहीको प्रस्ताव तयार गर्न अहिले बैठक बस्न लागेको हो।
सो समस्हको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
यसअघि नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
Shares

प्रतिक्रिया