राजनीति


शिव शिखरका २१६ जना पीडितले पाए बचत फिर्ता

शिव शिखरका २१६ जना पीडितले पाए बचत फिर्ता

नेपालखबर
जेठ २६, २०८३ मंगलबार २०:२८, काठमाडौँ

सरकारले समस्याग्रस्त सहकारीका थप साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार शिव शिखर बहुउद्देश्यीय सहकारीका २१६ साना बचतकर्ताको बचत फिर्ता गरेको हो।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्।

पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ।

हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad