प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई पिलोको संज्ञा दिएका छन्।
मंगलबार आफूनिटक केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले भने।
प्रधानमन्त्री ओलीले अहिले बैठकलाई सम्बोधन गरिरहेका छन्। यसअघि उनले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरिसकेका छन्।

प्रतिक्रिया