राजनीति


गृहमन्त्रीको शपथको प्रश्नमा सुधन गुरुङ भन्छन्– झोल मम पो खाँदैछु

गृहमन्त्रीको शपथको प्रश्नमा सुधन गुरुङ भन्छन्– झोल मम पो खाँदैछु

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १३:५८, काठमाडौँ

सुदन गुरुङ ममका पारखी हुन्। त्यसमा पनि झोल मम उनलाई विशेष मन पर्छ। मंगलबार करिब १२ बजे उनी एभरेष्ट मम हाउसमा थिए। त्यो एउटा चर्चा फैलिएको समय पनि हो।

बालेन्द्र सरकारले सुदन गुरुङलाई गृहमन्त्री बनाएको सूचना सामाजिक सञ्जालमा फैलियो। 

‘गृहमन्त्री बन्न लाग्नुभएछ, बधाई छ। अब पहिलो काम के गर्नुहुन्छ? शपथ ३ बजे रहेछ होइन?’, नेपालखबरले उनलाई टेलिफोनमा सोधेको थियो। उनले सुरुमा अनविज्ञता प्रकट गरे।

भने, ‘शपथ खाने खबर त थाहै छैन। म त मम खाँदै छु।’

प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई गृहमन्त्री नियुक्त गर्न लागेका छन्। शपथ तयारीका लागि राष्ट्रपति कार्यालयलाई सूचित पनि गरिसकिएको छ।

तर टेलिफोनमा सुदन उनको पुरानो आफ्नो शैलीमा पेश भए।

‘गृहमन्त्री बनेको कुरा मलाई पहिलो पटक तपाइँ नै सुनाउँदै हुनुहुन्छ। भ’को कुरा बोल्छु म त राजनीतिज्ञ जसरी बोल्दिनँ न नि। आजै शपथ रे! अहिले मम पो खाँदै छु। शपथ खानुपर्ने भयो भने पहिला घर जान्छु दौरा सुरुवाल लगाउनु पर्ला नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad