राजनीति


शेखर पक्ष भन्छ- संस्थापन पक्षले सहमति प्रस्ताव पठाएको हल्ला गलत

शेखर पक्ष भन्छ- संस्थापन पक्षले सहमति प्रस्ताव पठाएको हल्ला गलत

नेपालखबर
जेठ २७, २०८३ बुधबार ८:३२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाकाे सचिवालयले संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्ने हल्ला निराधार भएको बताएको छ। 

कोइरालाको सचिवालयले विज्ञप्ति जारी गरी पार्टी भित्रको विवादमा संस्थापन पक्षले सहमतिको प्रस्ताव पठाएको भन्ने कुराको खण्डन गरेको हो। 

काेइरालाकाे सचिवालयले भनेको छ, ‘बाहिर हल्ला गरिएअनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्नेबारे डा. शेखर कोइराला र उहाँको सचिवालयलाई अहिलेसम्म कहीँ कतै जानकारीमा छैन। यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला। कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई विशालनगरस्थित सचिवालयमा आएर भेट्नुभएको हो। त्यसभन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन।’

यो पनि : कांग्रेस मिलाउन दुवै पक्षका प्रस्ताव टेबल, गगन लचक हुँदा विश्वको ‘अलमल’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad