राजनीति


सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको शपथ

मन्त्रीको शपथ लिँदै सुधन गुरुङ र महावीर पुन। सबै तस्बिर: सरोज शाही/नेपालखबर


नेपालखबर
जेठ २६, २०८३ मंगलबार १७:५, काठमाडौँ

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्। 

मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए। 

गुरुङ डेढ महिनापछि गृह मन्त्रालय फर्किएका हुन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएपछि गुरुङले गत वैशाख ८ गते पदबाट राजीनामा दिएका थिए। 

त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले गुरुङलाई ‘क्लिनचिट’ दिएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले उनलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन्। 

त्यस्तै, विज्ञानमन्त्री नियुक्त भएका पुन स्वतन्त्र सांसद हुन्। उनी म्याग्दीबाट निर्वाचित भएका थिए। 

उनी यसअघि सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए। आफूले भनेअनुसार, विधेयक ल्याउन नपाएपछि उनी राजीनामा दिएर चुनाव लडेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad