नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता टोपबहादुर रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल राजनीतिक प्रतिवेदनले पार्टी फुटको सुरुवात गरेको बताएको छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको ओली समूहको बैठकमा स्वागत मन्तव्य राखेका नेता रायमाझीले यस्तो बताएका हुन्।
‘प्रचण्डको प्रस्तावले पार्टी विभाजनका सुरुवात ग¥यो’, रायमाझीको भनाइ उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने।
पूर्व माओवादी समूहका नेता रायमाझी दुई अध्यक्षको विवादमा प्रधानमन्त्री ओली पक्षमा लागेका हुन्।

प्रतिक्रिया