राजनीति


आज नेकपा केन्द्रीय कमिटी बैठक अलग-अलग : प्रचण्ड-नेपाल पक्षको दिउँसो, ओली समूहको बिहानै

आज नेकपा केन्द्रीय कमिटी बैठक अलग-अलग : प्रचण्ड-नेपाल पक्षको दिउँसो, ओली समूहको बिहानै

नेपालखबर
पुस ७, २०७७ मंगलबार २:१,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षले आज (मंगलबार) अलग-अलग केन्द्रीय बैठक राख्दैछन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन् भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आइतबार अचानक संसद् भंग गराई वैशाख १७ र २७ प्रतिनिधिसभाकाे चुनाव गर्ने घाेषणा गरेपछि दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन्।

प्रचण्ड-नेपाल पक्षले आइतबार बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो भने ओलीले त्यसअघि बिहान ९ बजे नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन्।

विस्तृत विवरणका लागि :

ओली र प्रचण्डले एकअर्कालाई कारबाही गर्दै, ३२ महिनामै फुट्यो नेकपा

आजको बैठकले ओलीलाई कारबाही गर्ने, माधव नेपाल अध्यक्ष बन्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad