नेकपाको संसदीय दलमा ८५ जनाभन्दा बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बानेश्वरस्थित संसद भवनमा भेला सुरु हुनुअघि सो हस्ताक्षर संकलन गरिएको हो।
कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेता बाहेक ८५ जनाको हस्ताक्षर भइसकेको त्यहाँ उपस्थित एक सांसदले जानकारी दिए।

प्रतिक्रिया