कारोबार


उकालो लाग्यो सुनको मूल्य

उकालो लाग्यो सुनको मूल्य

नेपालखबर
पुस ६, २०७७ सोमबार ८:५०,

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ। छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोबार भएको छ। छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ। तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ। चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोबार भएको छ। आइतबार सो धातु रु एक हजार २८० मा कारोबार भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad