ad ad

राजनीति


वैदेशिक रोजगारीले सामाजिक संरचना बिग्रियोः नेता नेपाल

वैदेशिक रोजगारीले सामाजिक संरचना बिग्रियोः नेता नेपाल

नेपालखबर
साउन १६, २०७६ बिहिबार १६:७,

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले वैदेशिक रोजगारीका कारण नेपालको सामाजिक संरचना बिग्रँदै गएको बताएका छन्।

बिहीबार समता फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले अन्तर्राष्ट्रिय रुपमा पुँजी परिचालन भएसँगै वैदेशिक रोजगारी रोक्न नसकिने बताए। ‘तर, विदेशमा काम गर्न जाने नेपालीले श्रमको मूल्य पाउनुपर्छ। श्रमिकको सुरक्षा हुनुपर्छ।’ नेपालले भने, ‘मुख्य कुरा सरकारले नै श्रम सम्झौता गर्दा आफ्ना नागरिकको हितमा सर्वाधिक ध्यान दिनुपर्छ।’

नेपालले श्रमको सम्मान नगर्दा नेपालका गाउँ घर युवा विहीन हुँदै गएका र काम गर्न श्रमिक पाइन छाडेको बताए। उनले प्रधानमन्त्री निवास बालुवाटारको एउटा शौचालय बनाउन भारतको मोतिहारीबाट श्रमिक आएका प्रशंग उल्लेख गर्दै नेपालमा श्रमप्रति घृणा गर्नेहरु नै विदेश गएर सामान्य काम गरिरहेको बताए।

नेपालले देशभित्र त चेलिबेटीमाथि बलात्कार भएको समाचार सुन्दा असैह्य भइरहेको भन्दै विदेशमा नेपाली महिलामाथि हुने गरेको दुव्र्यबहारले मन पोल्ने गरेको बताए। नेपालीहरु विदेशमा टेकेपछि नेपाली दूताबास नै उनीहरुको अभिभावक हुने भन्दै आफ्ना नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गरे।

समता फाउण्डेशनले आयोजना गरेको ‘वैदेशिक रोजगारीको समस्या र राजनीतिक दलहरुको भूमिका’ अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेत्री डा. डिला संग्रौलाले सरकारले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको सुरक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी थिइन्।

कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले विदेश जान पासपोर्ट बनाउन जाने दिन देखि नै युवाहरु दलालको फन्दामा पर्ने र चर्को ब्याजको मारमा पर्ने गरेको बताए।

राष्ट्रिय मानव अधिकार आयाेगकी सदस्य माेहना अन्सारीले वैदेशिक राेजगार व्यवसायीहरु राजनीतिक दलकाे छाता समातेर ठगी गरिरहेकाे भन्दै मन्त्री र राजदूतहरु नै म्यानपावर व्यवसाय सञ्चालन गरिरहेकाे आराेप लगाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .