राजनीति


अब अघि बढ्ने रणनीति बनाउन माधव नेपालले सिंहदरबारमा थाले कानुनविद्सँग छलफल

अब अघि बढ्ने रणनीति बनाउन माधव नेपालले सिंहदरबारमा थाले कानुनविद्सँग छलफल

नेपालखबर
पुस ६, २०७७ सोमबार ६:५१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कानुनविदसँग परामर्श थालेका छन्।

स्रोतका अनुसार प्रतिनिधिसभा विघटन र आगामी दिनमा कसरी अघि बढ्नेबारे रणनीति बनाउन उनले अग्रसरता लिएका हुन्।

कानुनविद्सँग केहीबेर अघिदेखि नेता नेपालले सिंहदरबारभित्रै परामर्श गरिरहेका छन्।

स्रोतले नेपालखबरसँग भन्यो, ‘हिजोको परिस्थिति, प्रतिनिधिसभा पुनस्र्थापनालगायत आगामी दिनमा रणनीति बनाउन उहाँ छलफलमा हुनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad