राजनीति


ओलीपक्षीय भेलामा लेखराज भट्टले भनेः सरकारलाई साथ दिएको कारण म यता आएको हुँ

ओलीपक्षीय भेलामा लेखराज भट्टले भनेः सरकारलाई साथ दिएको कारण म यता आएको हुँ

नेपालखबर
पुस ६, २०७७ सोमबार ६:४३,

नेकपाका नेता तथा सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारको समर्थन गरेका कारण आफू ओलीपक्षीय भेलामा उपस्थित भएको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको भेलामा पूर्वमाओवादी खेमाका भट्ट पनि उपस्थित भएका हुन्।

आजको भेलामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री लेखराज भट्टले भेलालाई सम्बोधन गरेका थिए।

भेलामा मन्त्री भट्टले आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिएको गुनासो गरेका हुन्।

उनले भने, ‘इतिहासमा अहिलेसम्मकै काम गर्ने यही सरकार हो, तर घेराबन्दी गरियो।’

मन्त्री भट्टले आफूले ओलीलाई साथ दिएको नभई सरकारलाई साथ दिएको बताए। त्यही भएर यो भेलामा आएको भट्टले बताएका थिए।

सरकारले आइतबार प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस सदर भएको थियो। सोसँगै प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेकपाको स्थायी समितिले आइतबार नै ओलीलाई कारबाही गर्ने सिफारिस गरेको थियो।

सोसँगै आज ओलीपक्षीय नेताको भेला बसेको हो।सोमबार बिहान प्रधाननमन्त्री ओलीले आफूकिट सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएर भेला राखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad