राजनीति


६४ प्रतिशत सांसदको मत प्राप्त गरेको प्रधानमन्त्रीको निर्णयलाई अदालतले रोक्दैन : ओली

६४ प्रतिशत सांसदको मत प्राप्त गरेको प्रधानमन्त्रीको निर्णयलाई अदालतले रोक्दैन : ओली

नेपालखबर
पुस ६, २०७७ सोमबार ७:०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको भेलामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।

‘म ६४ प्रतिशतको मत प्राप्त प्रधानमन्त्री हुँ, ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कुरालाई अदालतले रोक्दैन’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने।

ओलीले आफू प्रधानमन्त्री निर्वाचित हुँदा प्राप्त मतकाे सन्दर्भ उल्लेख गर्दै साे धारणा राखेका हुन्।

उनले ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक भएको बताउँदै त्यसका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरे।

‘चुनावमा जाने, ताजा जनादेश लिने कुरा लोकतान्त्रिक हो’, उनले भने।

उनले पार्टी एकढिक्का भएर अगाडि बढोस् भन्ने सांसदहरुको भावनालाई आफूले बुझेको बताउँदै अहिले त्यो अवस्था नरहेको बताए।

‘पार्टी एकता के हुन्छ भन्ने कुरा तपाईंहरुलाई थाहा नै छ, मैले धेरै भनिरहनु पर्दैन’, उनले भने।

 

उनले विगतको सरकारले भन्दा यो सरकारले धेरै काम गरेको र त्यसैलाई लिएर चुनावमा जान उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad