प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध महोत्तरीमा प्रदर्शन भएको छ।
ओली सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलको निर्वाचन क्षेत्र महोत्तरीको बर्दिबासमा नेकपाले प्रदर्शन गरेको हो। प्रदर्शनको नेतृत्व नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेल, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की लगायतले गरेका छन्।
प्रदर्शनमा पूर्व माओवादी खेमाका नेता कार्यकर्ताको सहभागिता उल्लेख्य थियो।
संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै शिक्षा मन्त्री पोखरेलसहितका सात मन्त्रीले आइतबारै राजीनामा दिइसकेका छन्।
3
Shares

प्रतिक्रिया