ad ad

राजनीति


राजीनामा दिँदै मन्त्रीहरुले भनेः प्रधानमन्त्रीलाई रोक्ने प्रयास गर्‍यौँ, नमानेपछि सरकार छोड्यौँ

राजीनामा दिँदै मन्त्रीहरुले भनेः प्रधानमन्त्रीलाई रोक्ने प्रयास गर्‍यौँ, नमानेपछि सरकार छोड्यौँ

नेपालखबर
पुस ५, २०७७ आइतबार ११:२१,

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभाको विघटन गरेपछि ओली सरकारका सात मन्त्रीले राजीनामा घोषणा गरेका छन्।

सिंहदरबारमै संयुक्त पत्रकार सम्मेलन गरी कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, वनमन्त्री शक्तिबहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरले सामूहिक राजीनामा घोषणा गरेका हुन्।

सातै मन्त्रीको राजीनामा पत्र शिक्षामन्त्री पोखरेलले पढेर सुनाएका थिए।

राजीनामाबारे ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम संवैधानिक नभएको बताए। आफूहरुले सम्झाउँदा सम्झाउँदै पनि प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेको बताए।

मन्त्री पुनले भने, ‘यो संवैधानिक कदम होइन, मन्त्रिपरिषद बैठकमै पनि हामीले प्रधानमन्त्रीलाई रोक्ने प्रयास गरेका हौँ। उहाँले मान्नुभएन।’

अब पार्टी एकता बचाउन आफूहरुको प्रयास हुने मन्त्री पुनको भनाइ थियो।

उनले भने, ‘आप्नो ठाउँबाट पार्टी एकता जोगाउने प्रयास गर्छौँ, यसले जनभावनाको कुठाराघात गर्यो।’

उनले आवेगमा आएर राजीनामा नदिएको बताए।

त्यस्तै राजीनामा घोषणा गरेका कृषिमन्त्री घनश्याम भुसालले पनि देशमा राजनीतिक स्थिरताको प्रतिबद्धतामाथि यो राजनीतिक दुर्घटना भएको बताए।

उनले भने, ‘यसले नेपालको अहिलेको राजनीतिक प्रबन्धलाई धक्का दिएको छ। इतिहासमा यसको पुष्टि कसरी गर्ने भन्ने कुरामा लाग्नुपर्ने विषय छ।’

पत्रकार सम्मेलन सकेर स्थायी कमिटीमा भएका गिरिराजमणि, वर्षमान, घनश्याम, योगेश र शक्ति बस्नेत बालुवाटार गएका छन्।

घनश्याम र योगेशले आआफ्ना सुरक्षाकर्मीलाई विदाइ गरेर आफ्नै गाडीमा सिंहदरबार छोडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .