ad ad

राजनीति


अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस

अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस

नेपालखबर
पुस ५, २०७७ आइतबार ९:७,

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ।

संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो।

सो निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतले जनायो।

सरकारले संवैधानिक आयोगमा रिक्त  रहेका पदमा नियुक्तिका लागि लागि संवैधानिक परिषदको बैठक बसे पनि गणपुरक संख्या नपुगेपछि अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै बसेको संवैधानिक परिषदको बैठकले राईको नाम प्रमुख आयुक्तमा सिफारिस गरे पनि निर्णय भने गोप्य राखिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदको प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते नयाँ निर्वाचन घोषणा गरेकी छन्।

संसद विघटन भएसंगै अब राईको संसदीय सुनुवाई समेत नहुने भएको छ।

संवैधानिक परिषदको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईसहित संवैधानिक निकायका रिक्त ४५ पदमै नियुक्त गरेको स्रोतले बतायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .