सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् विघटन गर्ने सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले यसबारे छलफल गर्न केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक डाकेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार संसद विघटनसम्बन्धी मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्ने भएको हो। अध्यक्ष कमल थापाले पनि बैठक बोलाएको ट्विटरमार्फत जानकारी दिएका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया