भारतकोे झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई बलात्कार आरोप लागेको छ।
मुम्बईकी एक युवतीले उनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।
त्यस विषयमा भारतीय जनता पार्टी (बीजेपी) ले उनको राजीनामा मागेको छ।
साथै आरोपको छानबिन गर्न उसले सीबीआईसँग अनुरोध पनि गरेको बीबीसी हिन्दीले जनाएकाे छ।
बीजेपीले भनेको छ- यसबारे अनुसन्धान गर्नैपर्छ किनकि यो देशको राजनीतिक इतिहासमा पहिलो घटना हो, वर्तमान मुख्यमन्त्रीलाई बलात्कारको आरोप लागेको छ।
मुख्यमन्त्री सोरेनकाे पार्टी झारखण्ड मुक्ति मोर्चा (जेएमएम) ले भने बीजेपीले 'फोहोरी राजनीति' गरिरहेको र सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप लगाएको छ।
कुरा के हो?
वास्तवमा ती युवती आफूलाई बलिउड अभिनेत्री भनेर दाबी गर्छिन्। उनैले मुख्यमन्त्री हेमन्त सोरेनले २०१३ सेप्टेम्बर ५ मा मुम्बईस्थित फाइभ स्टार हाेटलमा लगेर आफूलाई बलात्कार गरेकाे आरोप लगाएकी हुन्। त्यस क्रममा साेरेनले यसविरुद्ध कतै उजुरी गरे आफूलाई मार्ने धम्कीसमेत दिएकाे ती युवतीकाे आरोप छ।
यसकाे ४५ दिनपछि ती युवतीले मुम्बईस्थित महानगरीय अदालतमा निवेदन दिएकी थिइन्। तर त्यसकाे ९ दिनपछि उनले त्याे निवेदन फिर्ता लिइन्। त्यसपछि याे मामिला सामसुम भएकाे थियाे। हेमन्त सोरेन त्यतिबेला पनि झारखण्डका मुख्यमन्त्री नै थिए।
तर ती युवतीले यही डिसेम्बर ८ तारिखमा लेखेकाे पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि मुम्बई प्रहरीले पुन: त्यस घटनाकाे अनुसन्धान गर्न थालेकाे हाे।
आरोप लगाउने युवती गायब
ती युवतीले मुम्बई प्रहरीलाई मात्र एउटा मेल गरेकी थिइन्, त्यही मेलकाे कपी सामाजिक सञ्जालमा भाइरल भएकाे हाे। तर अहिलेसम्म ती युवती आफैंले मुम्बई प्रहरीलाई भेटिन् कि भेटिनन् भन्ने कुरा याे कुरा स्पष्ट हुन सकेकाे छैन।
Shares

प्रतिक्रिया