समाज


बैतडीमा ट्रयाक्टर दुर्घटना, एउटै नामका २ जनाको मृत्यु, एक घाइते

बैतडीमा ट्रयाक्टर दुर्घटना, एउटै नामका २ जनाको मृत्यु, एक घाइते

नेपालखबर
पुस ४, २०७७ शनिबार २३:४१,

बैतडीको मेलौलीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

शनिबार साँझ मेलौली नगरपालिका-९ मा सुप प्रदेश ०११२ त ४५७७ नम्बरको ट्रयाक्टर पल्टिँदा सोही ठाउँका ३२ वर्षीय नारायण भट्ट र नामथर पनि एउटै भएका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार दुर्घटनामा गौरीगंगा नगरपालिका घर भएका ट्रयाक्टर चालक २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

ट्रयाक्टर सडकबाट १ सय मिटर तल पुगेको छ। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad