सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले पार्टीका शीर्ष नेताहरुबीच कुराकानी हुन राम्रो भएको बताएका छन्।
शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर छलफल गरेको विषयलाई उल्लेख गर्दै नेताहरुबीच कुराकानी हुनु र सहमति खोजीनु राम्रो भएको बताएका छन्। उनले छलफलमा सहमति नभए विधिवाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
उनले आफूहरु कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार जाँदा पुच्चर भए भन्नेहरुले अब के गर्लान भनी प्रश्नसमेत उठाएका छन्।
‘बिहान प्रम. केपि ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?’, शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले लेखेका छन्, ‘नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।’
— Bhim Rawal, PhD (@BhimRawal179) December 19, 2020बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि?
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।
शनिबार बिहान प्रधानमन्त्री ओली प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका थिए। त्यहाँ दुई अध्यक्षले एक्लाएक्लै र उपाध्यक्ष वामदेव गौतमको उपस्थितिमा छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ। छलफलमा कुनै ठोस सहमति भने नभएको बताइएको छ।
Shares

प्रतिक्रिया