बोल्सोनारोले कोरोनाविरुद्ध बनेको खोपको विषयलाई लिएर विवादस्पद बयान दिएका हुन्।
बोल्सोनारोका अनुसार फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्रयोग गर्दा मानिस गोहीमा परिणत हुन्छन्।
बोल्सोनारोले फाइजरको खोपको बारेमा भनेका छन्,‘फाइजरको खोपको गम्भीर असरको हामी जिम्मा लिनेछैनौं। यदी तपाइँ गोहीमा परिणत हुनु भयो भने त्यो तपाइँको समस्या हो।’
बोल्सोनारोले खोपले महिलाको दाह्री पलाउने र पुरुषको स्वर महिलाको जस्तो हुने पनि उल्लेख गरेका छन्।
यसअघि कोरोना भाइरसलाई सामान्य रोगमात्र भएको बताउने बोल्सोनारोले मास्क लगाउन अस्वीकार गरेका थिए।
यद्यपी पछि उनी कोरोनाबाट संक्रमित भएका थिए। अहिले पनि बोल्सोनारोको यस अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण र गलत भनिएको छ। एनडीटीभी
891
Shares

प्रतिक्रिया