संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ।
आज बसेको समितिको बैठकले कोरोना महामारी रोक्न आवश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारलाई छानबिनका लागि पत्र पठाएको हो।
समितिले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नै समितिमा बोलाएर यसबारे छलफल गरेको हो। चीनलगायत विभिन्न देशबाट स्वास्थ्य सामग्री खरिद गरिएको थियो। तर सो क्रममा परल मूल्यभन्दा बढी तिरेर ल्याइएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।
ठूलो परिमाणमा ल्याइएका यस्ता सामग्रीमा करोडौँ भ्रष्टाचार भएको भन्दै सडकमा समेत चर्को विरोध प्रदर्शन भएको थियो। सोही कारण संसदीय समितिले यसबारे चासो दिएको हो।
प्रतिक्रिया